सुनको भाउ तोलामा ३ हजार ७ सयले घट्यो, चाँदी स्थिर
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार दुई सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा आज सुनको भाउ प्रतितोला तीन हजार सात सय रुपैयाँले घटेको हो ।
आइतबार भने सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन हजार पाँच सय रुपैयाँले बढेको थियो। तर सोमबार भने बजारमा पुनः गिरावट देखिएको छ।
यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ। महासंघका अनुसार आइतबार प्रतितोला पाँच हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस करिब पाँच हजार ९८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जनाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्यमा प्रभाव पार्ने गर्दछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार