तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य
जलसरोकार
काठमाडाैं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ३ हजार ३०० रुपैयाँले घट्दा चाँदी तोलामा १२५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा किनबेच भएको थियो।
पछिल्ला दिनहरूमा सुन–चाँदीको मूल्य निरन्तर उतार–चढावमा देखिँदा बजारमा अस्थिरता कायम रहेको विश्लेषकहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको मूल्य परिवर्तन र लगानीकर्ताको माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा प्रत्यक्ष असर पारिरहेको देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना