सुनको भाउ २ लाख ७० हजार नाघ्यो
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु दुई लाख ६७ हजार ८०० मा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला रु दुई लाख ७० हजार ६०० पुगेको छ । यस अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले वृद्धि भएको हो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । गत शुक्रबार प्रतितोला रु चार हजार ७८० मा कारोबार भएको एक तोला चाँदी आज बढेर रु चार हजार ९९० कायम भएको छ । दुई दिनमा चाँदी प्रतितोला रु २१० ले महँगिएको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै