सुनको भाउ २ लाख ७० हजार नाघ्यो
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु दुई लाख ६७ हजार ८०० मा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला रु दुई लाख ७० हजार ६०० पुगेको छ । यस अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले वृद्धि भएको हो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । गत शुक्रबार प्रतितोला रु चार हजार ७८० मा कारोबार भएको एक तोला चाँदी आज बढेर रु चार हजार ९९० कायम भएको छ । दुई दिनमा चाँदी प्रतितोला रु २१० ले महँगिएको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना