सुनको मूल्य तोलामा १ लाख ८० हजार रुपैयाँ नाघ्यो
जलसरोकार
काठमाडौँ ः नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो ।
यसैबिच चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य