सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, तोलामा पाँच हजार दुई सयले वृद्धि
जलसरोकार
काठमाडौं: सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको तुलनामा तोलामा पाँच हजार दुई सय रुपैयाँले वृद्धि हुँदै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ । आइतबार भने सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार चाँदीको भाउ तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला छ हजार सात सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला छ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दै जाँदा त्यसको प्रभाव स्थानीय बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना