सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि उछाल
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्। शुक्रबार उल्लेखनीय गिरावट आएको सुन तथा चाँदीको मूल्य आइतबार पुनः उकालो लागेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना