सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड रहेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार पछिल्ला दुई दिनयता चाँदीको मूल्य लगातार बढ्दै नयाँ उच्च रेकर्ड बनाइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना