सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?

जलसरोकार
बिहीबार, पुस ०३, २०८२ | ११:२१:०० बजे

 

काठमाडौँ : बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड रहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार पछिल्ला दुई दिनयता चाँदीको मूल्य लगातार बढ्दै नयाँ उच्च रेकर्ड बनाइरहेको छ ।

प्रकाशित मिति : बिहीबार, पुस ०३, २०८२ | ११:२१:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया