सुन तोलामा १५ सयले घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु १ हजार पाँच सयले घटेर आज रु ३ लाख ४०० मा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला रु ३ लाख १ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ। चाँदी प्रतितोला रु ५ ले घटेर रु ४ हजार ८८० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला रु ४ हजार ८८५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना