सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो : आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ । बिहीबारको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले घट्दा चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुन ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज एक तोला चाँदीको मूल्य ५ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ५ हजार ५८५ रुपैयाँ कायम गरिएको थियो। गत सोमबार सुन ३ लाख १३ हजार ५०० रुपैयाँ र चाँदी ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन ५ हजार १८७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै, एक औँस चाँदीको मूल्य ९० अमेरिकी डलर आसपास रहेको छ ।
अन्तरराष्ट्रिय बजारको उतारचढावका आधारमा स्थानीय बजारमा दैनिक मूल्य समायोजन हुने गरेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना