सुन प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ घटेर २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ३१० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावअनुसार नेपाली बजारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना