सुन प्रतितोला १ हजार २०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
जलसरोकार
काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिएको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। मंगलबारको कारोबारमा दुवै बहुमूल्य धातुको मूल्य ओरालो लागेको महासंघले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना