सुन तोलामा ३ लाखमुनि झर्यो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको सुन आज थप ९ सय रुपैयाँले ओरालो लागेको हो ।
यो गिरावटसँगै सुनको मूल्य पुनः ३ लाख रुपैयाँको तल झरेको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि गत सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँसम्म पुगेको थियो ।
यता, चाँदीको मूल्य भने सामान्य बढेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले बढ्दै ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
लगातारको गिरावटपछि सुन बजारमा उतारचढाव देखिएको छ भने चाँदीमा भने सामान्य वृद्धि देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना