सुन प्रतितोला ५ हजार २०० रुपैयाँले घट्यो, चाँदीमा पनि भारी गिरावट
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्य लगातार ओरालो लागिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला पाँच हजार २०० रुपैयाँले घटेर दुई लाख ७८ हजार ३०० रुपैयाँमा कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा २५० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
पछिल्ला केही दिनयता सुन तथा चाँदीको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना