सुन ३ लाख नाघ्यो, चाँदी पनि उकालो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेको छ । सुन प्रतितोला तीन लाख रुपैयाँको सीमा पार गर्दै नयाँ रेकर्ड बनाएको छ भने चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार हजार ४०० रुपैयाँले बढ्दै तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५५ रुपैयाँले बढेको छ । सोमबार पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर पाँच हजार ६९५ रुपैयाँ प्रतितोलामा पुगेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको मूल्य उतारचढाव तथा आपूर्ति–मागको असन्तुलनका कारण सुन र चाँदी दुवैको मूल्य निरन्तर बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।
मूल्य वृद्धिसँगै बजारमा सुन–चाँदी किन्नेभन्दा पनि “हेरेर फर्किने” उपभोक्ताको संख्या बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार