सुन र चाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा आज भारी वृद्धि भएको छ। सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढ्दै प्रतितोला ५ हजार ४० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य उतारचढाव र आन्तरिक मागमा आएको परिवर्तनले नेपाली बजारमा पनि प्रभाव पारेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना