सुन र चाँदीको मूल्यमा फेरि वृद्धि, बजारमा निरन्तर उतारचढाव
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा दुई हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड नजिक पुगेको छ भने चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। छोटो समयमै देखिएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढाव र आन्तरिक मागका कारण भएको व्यवसायीहरूको अनुमान छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला चार हजार ९९५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। निरन्तर देखिँदै आएको मूल्य वृद्धिले सुनचाँदी बजारमा लगानीकर्ता र उपभोक्ताबीच चासो थप बढाएको छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि, डलरको विनिमय दरमा आएको परिवर्तन तथा मौसमी मागका कारण नेपालमा पनि सुनचाँदीको मूल्य प्रभावित हुँदै आएको छ। हालको अवस्थामा मूल्यमा देखिएको निरन्तर वृद्धि निकट भविष्यमा पनि कायम रहन सक्ने अनुमान गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य