सुन–चाँदीको मूल्यमा भारी वृद्धि, सुन प्रतितोला ३ लाख नाघ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।
एकै दिन सुनको मूल्यमा ४ हजार ८०० रुपैयाँको वृद्धि भएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना