सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

जलसरोकार
मंगलबार, पुस ०८, २०८२ | ११:०९:३४ बजे

 

काठमाडौं : मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ लगातार बढ्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकिएको छ । जुन अघिल्लो दिनको २ लाख ६१ हजार ७ सय रुपैयाँभन्दा ५ हजार ५ सय रुपैयाँले बढेको हो । यससँगै सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

सुनको भाउले पछिल्लो दिनदेखि लगातार रेकर्ड तोड्दै आएको छ भने चाँदीको भाउ पनि उच्च स्तरमा पुगेको छ । आज प्रतितोला चाँदी ४ हजार २५५ रुपैयाँमा कारोबार भएको छ, । अघिल्लो दिनको ४ हजार २३५ रुपैयाँको तुलनामा २० रुपैयाँले वृद्धि भएको छ ।

विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्थिर रहँदा स्थानीय बजारमा माग–आपूर्ति र तिहारको तयारीका कारण मूल्य बढेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : मंगलबार, पुस ०८, २०८२ | ११:०९:३४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया