सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो
जलसरोकार
काठमाडौं : मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ लगातार बढ्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकिएको छ । जुन अघिल्लो दिनको २ लाख ६१ हजार ७ सय रुपैयाँभन्दा ५ हजार ५ सय रुपैयाँले बढेको हो । यससँगै सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ ।
सुनको भाउले पछिल्लो दिनदेखि लगातार रेकर्ड तोड्दै आएको छ भने चाँदीको भाउ पनि उच्च स्तरमा पुगेको छ । आज प्रतितोला चाँदी ४ हजार २५५ रुपैयाँमा कारोबार भएको छ, । अघिल्लो दिनको ४ हजार २३५ रुपैयाँको तुलनामा २० रुपैयाँले वृद्धि भएको छ ।
विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्थिर रहँदा स्थानीय बजारमा माग–आपूर्ति र तिहारको तयारीका कारण मूल्य बढेको बताउँदै आएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना