सुन र चाँदीको मूल्य महँगियो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला चार हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ६५५ रुपैयाँ पुगेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीले राहुगंगा जलविद्युत् आयोजनामा क्षति, प्रसारण लाइनका टावरसमेत प्रभावित
-
अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा प्रसारण लाइनदेखि जलविद्युत् आयोजनासम्म क्षति
-
सुन र चाँदीको मूल्य महँगियो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नारायणीको जलसतह १३ मिटर पुग्ने पूर्वानुमान, चितवनसहित १६ जिल्लामा बाढीको उच्च जोखिम
-
सेनाको निष्कर्ष : जलविद्युत्काे पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
-
कुलेखानी जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्यो, तल्लो तटीय क्षेत्रलाई सतर्क रहन आग्रह