सुनचाँदीको मूल्य फेरि उकालो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । मङ्गलबारकै मूल्य टिक्न नसक्दै दुवै धातु महँगिँदा उपभोक्तामाथि थप आर्थिक बोझ परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि बढेर रु पाँच हजार ६०० कायम भएको छ । मङ्गलबार सुन रु दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा कारोबार भएको थियो ।
लगातारको मूल्य वृद्धिले सुनचाँदी सर्वसाधारणको पहुँचबाट झन् पर धकेलिँदै गएको छ । विवाह, चाडपर्व र पारम्परिक प्रयोजनका लागि सुनचाँदी खरिद गर्ने उपभोक्ताहरू मूल्यवृद्धिबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ अमेरिकी डलर र सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारको यही चर्को मूल्यले आन्तरिक बजारमा समेत सुनचाँदीलाई दिनदिनै महँगो बनाइरहेको व्यवसायीहरूको भनाइ छ ।
निरन्तर बढ्दो मूल्यप्रति उपभोक्ताहरूले चासो र चिन्ता व्यक्त गरेका छन् भने बजार कहिले स्थिर हुन्छ भन्नेमा अन्योल कायमै छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना