बजारमा सुन र चाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडाैं : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। पछिल्लो कारोबार अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ।
गत शुक्रबार (असार ५ गते) प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, यस दिन बढेर २ लाख ८७ हजार ३०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भई प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।
मूल्य वृद्धि पछिल्लो अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्ति अवस्थासँग सम्बन्धित रहेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना