सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुन प्रतितोला ९ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै एकै दिनमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना