सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार नबिल बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन–चाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
आइतबार, जेठ २४, २०८३ | ११:०६:५८ बजे

 

काठमाडाैं : आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। लगातार बढ्दै आएको मूल्यबीच एकैदिन आएको यो गिरावटले उपभोक्ता र व्यवसायी दुवै पक्षमा चासो बढाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८ हजार २०० रुपैयाँले घटेको छ। यससँगै सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, चाँदी प्रतितोला ३ सय ३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा किनबेच भएको थियो।

पछिल्ला महिनाहरूमा सुनको मूल्य निरन्तर वृद्धि हुँदै आएको थियो। विश्व बजारमा देखिएको आर्थिक अनिश्चितता, मुद्रास्फीति, डलरको उतारचढाव, केन्द्रीय बैंकहरूको सुन खरिद तथा ब्याजदर नीतिमा आएको परिवर्तनका कारण सुनको माग बढ्दै गएको छ । 

विशेषज्ञहरूका अनुसार युद्ध, राजनीतिक तनाव तथा आर्थिक अस्थिरताका समयमा लगानीकर्ताले सुरक्षित सम्पत्तिको रूपमा सुन रोज्ने गर्छन्, जसले मूल्य बढाउन मद्दत गर्छ।

त्यसैगरी, अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य बढ्ने र ब्याजदर घट्दा लगानीकर्ताको आकर्षण सुनतर्फ बढ्ने प्रवृत्ति पनि देखिन्छ।

नेपालमा भने सुनको मूल्य अन्तर्राष्ट्रिय बजार र अमेरिकी डलर–नेपाली रुपैयाँ विनिमय दरमा निर्भर रहने भएकाले विश्व बजारको उतारचढावको सीधा असर यहाँ देखिने गर्छ।

एकैदिन देखिएको ठूलो गिरावटले सुन बजारमा अस्थिरता देखिए पनि दीर्घकालीन रूपमा मूल्यको प्रवृत्ति अझै अनिश्चित रहेको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति : आइतबार, जेठ २४, २०८३ | ११:०६:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया