सुन र चाँदीको मूल्यमा घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। यस दिन सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको असर नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य