घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, एक तोला चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि बिहीबार सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार ९८० रुपैयाँ थियो ।
गत बुधबार भने एक तोला छापावाल सुन ३ लाख ४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो । यस्तै, मङ्गलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँ कायम रहेको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) ७४ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना