सुन र चाँदीको मूल्य घट्याे, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडाैं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला रु १ हजार ६०० र चाँदीको मूल्य प्रतितोला रु १४० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला रु २ लाख ८७ हजार १०० मा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला रु २ लाख ८८ हजार ७०० मा कारोबार भएको थियो। यसअनुसार एक दिनमै सुनको मूल्यमा उल्लेख्य गिरावट आएको देखिएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला रु ४ हजार ५९० मा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला रु ४ हजार ७३० मा कारोबार भएको थियो।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा आपूर्ति–मागको अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्यमा प्रभाव पार्ने गर्छ। हालको गिरावटले उपभोक्ता र बजार दुवैमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना