सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
शुक्रबार, असोज ०९, २०८३ | ११:०६:३६ बजे

 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ।

प्रकाशित मिति : शुक्रबार, असोज ०९, २०८३ | ११:०६:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया