सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन–चाँदीको मूल्यमा पाँच दिनदेखि निरन्तर वृद्धि, आज पनि बढ्यो सुन

जलसरोकार
शुक्रबार, माघ ०२, २०८२ | ११:०४:०८ बजे

 

काठमाडौं : स्थानीय बजारमा सुन र चाँदीको मूल्य विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (शुक्रबार) एक तोला सुनको मूल्य रु २ लाख ७७ हजार २०० र चाँदीको मोल रु ५ हजार ६४५ कायम भएको छ ।

पछिल्ला दिनहरूमा मूल्यको अवस्था यस प्रकार रहेको छ: बुधबार सुन रु २ लाख ७८ हजार र चाँदी रु ५ हजार ६५५ मा कारोबार भएको थियो भने बिहीबार सुन रु २ लाख ७६ हजार ५०० र चाँदी रु ५ हजार ४८५ मा कारोबार भएको थियो । मङ्गलबार सुन रु २ लाख ७६ हजार ५०० र चाँदी रु ५ हजार ३४०, आइतबार सुन रु २ लाख ७० हजार ६०० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन अमेरिकी डलरमा ४,६१५ र चाँदी ९२ डलरमा कारोबार भइरहेको छ ।

सुन–चाँदीको मूल्यमा यो वृद्धि घरेलु माग बढेसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहने प्रवृत्तिको प्रभाव रहेको विश्लेषकहरूले जनाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, माघ ०२, २०८२ | ११:०४:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया