सुन–चाँदीको मूल्यमा पाँच दिनदेखि निरन्तर वृद्धि, आज पनि बढ्यो सुन
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा सुन र चाँदीको मूल्य विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (शुक्रबार) एक तोला सुनको मूल्य रु २ लाख ७७ हजार २०० र चाँदीको मोल रु ५ हजार ६४५ कायम भएको छ ।
पछिल्ला दिनहरूमा मूल्यको अवस्था यस प्रकार रहेको छ: बुधबार सुन रु २ लाख ७८ हजार र चाँदी रु ५ हजार ६५५ मा कारोबार भएको थियो भने बिहीबार सुन रु २ लाख ७६ हजार ५०० र चाँदी रु ५ हजार ४८५ मा कारोबार भएको थियो । मङ्गलबार सुन रु २ लाख ७६ हजार ५०० र चाँदी रु ५ हजार ३४०, आइतबार सुन रु २ लाख ७० हजार ६०० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन अमेरिकी डलरमा ४,६१५ र चाँदी ९२ डलरमा कारोबार भइरहेको छ ।
सुन–चाँदीको मूल्यमा यो वृद्धि घरेलु माग बढेसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहने प्रवृत्तिको प्रभाव रहेको विश्लेषकहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना