सुनचाँदीको मूल्यमा उतारचढाव : चाँदी नयाँ उच्चतामा, सुनमा सामान्य गिरावट
जलसरोकार
काठमाडौं : आइतबार स्थानीय बजारमा चाँदीको मूल्य पहिलो पटक नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको मूल्य ४ हजार ५ रुपैयाँ रहेको थियो।
सुनको मूल्य भने तोलामा केही घटेको छ । आज सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको मूल्य २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।
महासंघले पछिल्ला केही दिनयता सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको जनाएको छ। गत सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च स्तर बनाएको थियो। चाँदीमा भने आइतबार पहिलो पटक ४ हजार १ सय रुपैयाँ नाघेको छ ।
यस उतारचढावको कारण अन्तर्राष्ट्रिय बजारमा धातु मूल्य र स्थानीय माग–आपूर्तिमा देखिएको असन्तुलन रहेको व्यापारीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना