सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनचाँदीको मूल्यमा उतारचढाव : चाँदी नयाँ उच्चतामा, सुनमा सामान्य गिरावट

जलसरोकार
आइतबार, पुस ०६, २०८२ | १२:५२:२७ बजे

 

काठमाडौं : आइतबार स्थानीय बजारमा चाँदीको मूल्य पहिलो पटक नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको मूल्य ४ हजार ५ रुपैयाँ रहेको थियो।

सुनको मूल्य भने तोलामा केही घटेको छ । आज सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको मूल्य २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।

महासंघले पछिल्ला केही दिनयता सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको जनाएको छ। गत सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च स्तर बनाएको थियो। चाँदीमा भने आइतबार पहिलो पटक ४ हजार १ सय रुपैयाँ नाघेको छ ।

यस उतारचढावको कारण अन्तर्राष्ट्रिय बजारमा धातु मूल्य र स्थानीय माग–आपूर्तिमा देखिएको असन्तुलन रहेको व्यापारीहरूले बताएका छन्।

प्रकाशित मिति : आइतबार, पुस ०६, २०८२ | १२:५२:२७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया