सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको भाउ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार २०० कायम भएको छ । यस्तै, एक तोला चाँदीको मूल्य रु ४ हजार ९८० निर्धारण गरिएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य रु ३ लाख ४ हजार ७०० र चाँदीको मूल्य रु ५ हजार ६०० कायम भएको थियो । त्यस्तै, गत मङ्गलबार सुन प्रतितोला रु २ लाख ९० हजार ३०० र चाँदी रु ५ हजार ३३५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ५ हजार ७८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना