सुनचाँदीको मूल्य निरन्तर उकालो, सुनको मुल्य दुई लाख ८४ हजार ७०० कायम
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा माथि कारोबार हुँदै आएको सुन तथा चाँदीको मूल्य आज पनि वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० कायम भएको छ भने चाँदी प्रतितोला रु पाँच हजार ८८० मा कारोबार भइरहेको छ ।
गत आइतबार एक तोला छापावाल सुन रु दुई लाख ७८ हजार ८०० र चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार सुनको मूल्य बढेर प्रतितोला रु दुई लाख ८२ हजार पुगेको थियो भने चाँदी रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९० अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी एक औँस ९४ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीको माग बढेकाले मूल्य उकालो लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना