सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन–चाँदीको भाउमा नयाँ रेकर्ड कायमै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

जलसरोकार
मंगलबार, माघ १३, २०८२ | ११:२४:४२ बजे

 

काठमाडौं: सुनको मूल्यमा लगातार नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार सुनको भाउ ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबारको तुलनामा सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि आज १ सय ५ रुपैयाँ बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको भाउ ६ हजार ७ सय ६५ रुपैयाँमा रहेको थियो भने आइतबार ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च हुनु र स्थानीय माग बढ्नु प्रमुख कारण रहेको बताइएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १३, २०८२ | ११:२४:४२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया