सुन–चाँदीको भाउमा नयाँ रेकर्ड कायमै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं: सुनको मूल्यमा लगातार नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार सुनको भाउ ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबारको तुलनामा सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज १ सय ५ रुपैयाँ बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको भाउ ६ हजार ७ सय ६५ रुपैयाँमा रहेको थियो भने आइतबार ६ हजार ४ सय ८० रुपैयाँ थियो ।
विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च हुनु र स्थानीय माग बढ्नु प्रमुख कारण रहेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना