सुन र चाँदीको मूल्य घट्ने क्रम जारी : आज सुन ४ हजार ६०० ले घट्दा चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार
जलसरोकार
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। पछिल्ला दुई दिनदेखि निरन्तर ओरालो लागिरहेको बहुमूल्य धातुको मूल्यमा शुक्रबार थप गिरावट देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घट्दै २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ। बिहीबार भने यही सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला १५० रुपैयाँले घट्दै ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा विनिमय दरमा हुने परिवर्तनका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ। पछिल्ला दिनमा देखिएको गिरावटले बजारमा खरिद गतिविधि बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य