सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा ५ हजार १०० रुपैयाँ घट्यो
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरेको छ। यस्तै, चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत मङ्गलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ तथा चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँ पुगेको थियो।
पछिल्ला केही दिनयता सुनचाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। मङ्गलबारको तुलनामा सुन प्रतितोला १५ हजार २०० रुपैयाँ र चाँदी २७५ रुपैयाँले सस्तो भएको छ।
अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य घट्दो क्रममा रहेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार १०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना