सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, दुई दिनमै उल्लेख्य कमी
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। पछिल्लो दुई दिनदेखि निरन्तर ओरालो लागेको बजारमा आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। बुधबार भने सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घट्दै आज प्रतितोला ५ हजार २० रुपैयाँमा झरेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्य निरन्तर घटिरहेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य