सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढी हो । यसअघि गत सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्यले ठीक एक सातामै नयाँ रेकर्ड बनाएको हो ।
चाँदीको मूल्य पनि लगातार उकालो लागेको छ । आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ उचाइ छोएको छ । नेपाली समय अनुसार बिहान १०ः५० बजे सुन प्रतिऔंस ४ हजार ३९७ अमेरिकी डलर पुगेको छ भने चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलरमा कारोबार भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत् सम्बन्धी मुद्दा जित्यो
-
२० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्काशन गर्ने विद्युत् प्राधिकरणको निर्णय, ठूला जलविद्युत् आयोजनामा लगानी गरिने
-
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
नेपाल हाइड्रोपावर एसोसिएसनको २४औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न, नयाँ कार्यसमिति चयन
-
ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशनबीच हरितगृह कर्जा सहकार्य
-
एमसीसीको सडक सुधार परियोजनाको ठेक्का नेपाली कम्पनीलाई