सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढी हो । यसअघि गत सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्यले ठीक एक सातामै नयाँ रेकर्ड बनाएको हो ।
चाँदीको मूल्य पनि लगातार उकालो लागेको छ । आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ उचाइ छोएको छ । नेपाली समय अनुसार बिहान १०ः५० बजे सुन प्रतिऔंस ४ हजार ३९७ अमेरिकी डलर पुगेको छ भने चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलरमा कारोबार भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना