ग्लोबल आईएमई बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि, छ महिनामा २ अर्ब ४ करोडको नाफा
जलसरोकार
काठमाडौं,: चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफामा ४९.५१ प्रतिशतको वृद्धि भएको छ ।
सोमबार प्रकाशित बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको पुस मसान्तमा २ अर्ब ४ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड पुगेको हो ।
बैंकको खुद नाफा मात्रै होइन वितवरणयोग्य नाफा पनि बढेको छ । यस अवधिमा बैंकले २ अर्ब ६५ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
बैंकको इम्पेयरमेन्ट शुल्कमा भारी गिरावट आएकाले खुद नाफामा वृद्धि भएको देखिन्छ । गत वर्षको पुस मसान्तमा बैंकले इम्पेयरमेन्ट शुल्कबापत ४ अर्ब १४ करोड राख्नुपरेकोमा अहिले २ अर्ब २० करोड मात्रै छुट्याएको छ ।
बैंकको ब्याज आम्दानी घटेको छ भने शुल्क तथा कमिसनबापत हुने आम्दानी बढेको छ ।
नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६ रुपैयाँ पुगेको छ भने पीक रेसियो १३.८६ मा झरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना