सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश

जलसरोकार
शुक्रबार, माघ ०२, २०८२ | १६:३२:४५ बजे

 

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीका उत्पादनको बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ग्लोबल हाटबजारले ५०औँ हप्ता पूरा गरेको छ ।

बैंकले उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारसम्म सहज पहुँच दिलाउने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ देखि ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको हो । हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको अवसरमा बैंकले शुक्रबार विशेष मेला आयोजना गरेको छ ।

‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारासहित काठमाडौँको कमलादीस्थित बैंकको शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको छ । यसमार्फत लघु, साना तथा मझौला उद्यमीका उत्पादनलाई प्रत्यक्ष रूपमा उपभोक्तासम्म पु-याउने लक्ष्य लिइएको छ ।

५०औँ हप्ताको अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमीहरूले भोग्दै आएको बजारीकरणको समस्यालाई सम्बोधन गर्न ग्लोबल हाटबजार प्रभावकारी माध्यम बनेको बताउनुभयो। उहाँका अनुसार यस हाटबजारमार्फत खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक तथा दिगो साना–मझौला उद्यमीहरूले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज वातावरण पाएका छन् ।

सीईओ रेग्मीले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका उद्यमहरूको बजार पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्न र कृषकलाई उत्पादनको उचित मूल्य दिलाउन सहयोग गरेको उल्लेख गरे ।

उनले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा ग्लोबल हाटबजारले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए । “सिम्बोलिक अभियानका रूपमा सुरु गरिएको हाटबजार उद्यमी र उपभोक्ताको विश्वासका कारण ५०औँ हप्तासम्म आइपुगेको छ र भविष्यमा अझ विस्तार गर्दै निरन्तर सञ्चालन गरिनेछ,” उनले भने ।

बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कर्जा प्रवाहमा मात्र सीमित नभई उद्यमीको समग्र विकास र व्यावसायिक सीप अभिवृद्धिका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेको ग्लोबल आइएमई बैंकका हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ।

प्रकाशित मिति : शुक्रबार, माघ ०२, २०८२ | १६:३२:४५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया