ग्लोबल आइएमई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
यस बैंकको एक करोड ९८ लाख ७० हजार ८२३ कित्ता शेयर सूचीकृत भएको हो ।
त्यस्तै, छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाको २३ लाख ८१ हजार ७३७ कित्ता शेयर सूचीकृत भएको हो ।
उक्त सूचीकृत शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने नेप्सेले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै