ग्लोबल आईएमई बैंकले ‘गोल बेस्ड सेभिङ’ योजना ल्यायो
जलसरोकार
काठमाडौँ: ग्राहकले आफ्नो लक्ष्य निर्धारण गरी बचत गर्न सक्ने उद्देश्यसहित ग्लोबल आईएमई बैंकले नयाँ ‘गोल बेस्ड सेभिङ’ योजना सुरु गरेको छ। यस योजनामा बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले सजिलै आफ्ना वित्तीय लक्ष्यअनुसार बचत गर्न सक्नेछन् ।
बैंकका अनुसार ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य निर्धारण गरी बचत सुरु गर्न सक्नेछन् । यस योजनामा बचत अवधि न्यूनतम ६ महिनादेखि अधिकतम २ वर्षसम्मको राख्न सकिने छ । ग्राहकले मासिक आवश्यक रकम, पाउने ब्याजदर र लक्ष्य पूरा हुने समय मोबाइलबाटै हेर्न सक्नेछन् ।
ग्राहकले मासिक रकम आफ्नै प्राथमिक बचत खाताबाट स्वचालित रूपमा राख्न वा आफैले तोकिएको मितिमा राख्ने विकल्प छनोट गर्न सक्नेछन्। साथै, इच्छाअनुसार ‘टप अप’ गरी थप रकम बचत गर्न सकिने व्यवस्था पनि छ ।
योजना अन्तर्गत ‘राउन्डअप सेभिङ’ सुविधा समेत उपलब्ध छ । ग्राहकले प्रत्येक मर्चेन्ट क्यूआर भुक्तानीमा निर्धारण गरिएको रकम बचत गर्ने प्रणाली प्रयोग गर्न सक्नेछन् । यसमा ‘नियरेस्ट टु’, ‘फ्ल्याट’ र ‘प्रतिशत’ गरी तीन फरक विकल्प उपलब्ध छन् ।
नियरेस्ट टुः भुक्तानी रकम नजिकको निश्चित अंकमा राउन्ड अप गरी बचत हुनेछ ।
फ्ल्याट रकमः हरेक कारोबारमा निश्चित रकम स्वतः बचत हुनेछ ।
प्रतिशतः हरेक कारोबारको निश्चित प्रतिशत बचत खातामा जम्मा हुनेछ ।
यस योजनामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ। ग्राहकले आफ्नो खाता निर्धारण गरिएको समयअघि बन्द गर्न सक्नेछन् र सम्पूर्ण कारोबार मोबाइल बैंकिङमार्फतै सञ्चालन गर्न सकिनेछ ।
बैंकले यस योजनामार्फत ग्राहकलाई वित्तीय लक्ष्यअनुसार बचत गर्न सजिलो बनाउने र मोबाइल बैंकिङद्वारा पूर्ण नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्ने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी