ग्लोबल आईएमई बैंकले ८ प्रतिशत लाभांश स्वीकृत
जलसरोकार
काठमाडौं: ग्लोबल आईएमई बैंकको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ ।
सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चालक समितिको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण प्रस्तुत गर्दै लाभांश वितरण प्रस्ताव पारित गरिएको जानकारी गराए । बैंकले उक्त आवमा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र करपछिको ५ अर्ब ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
अध्यक्ष ढकालले सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा नियमको पूर्ण पालनासँगै सेयरधनीलाई उचित लाभांश वितरणमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यावसायिक रणनीति अनुसार नयाँ क्षेत्रमा सन्तुलित विस्तार गर्ने योजना रहेको पनि उल्लेख गरिएको छ ।
साधारणसभामा राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सेयरधनी, संस्थागत प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी र नियामक निकायका प्रतिनिधि उपस्थित थिए ।
ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल’ २०२४ र २०२५, ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
बैंकले देशका ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, अमेरिकासहित बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालीलाई विश्वभरिबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना