१८ हजार बिरुवा रोप्ने ग्लोबल आईएमई बैंकको घोषणा
जलसरोकार
काठमाडौं,: ग्लोबल आईएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार बिरुवा रोप्ने घोषणा गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बिरुवा रोप्ने घोषणा बैंकले गरेको छ ।
बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ÷संस्थासँगको सहकार्यमा १८ हजार बिरुवा रोप्ने जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका छन् ।
रेग्मीले चालु आर्थिक वर्षभरि १८ हजार बिरुवाहरू रोप्ने जानकारी दिए । १८ पुसमा ग्लोबल आईएमई बैंक १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना