नेप्सेमा सामान्य सुधार, ४.७९ अंकको वृद्धिसँगै कारोबार ४ अर्ब ४० करोड नाघ्यो
जलसरोकार
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित हरियो अंकमा बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार घटेको बजार बुधबार ४.७९ अंकले बढ्दै २६६७.९७ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स भने ०.६० अंकले घटेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले ओरालो लागेको छ।
परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३५० वटा स्टकको ६१ हजार २८६ पटकको कारोबारबाट ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ६७ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ८७ रुपैयाँ ७० पैसाले बढेर ६७२ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो। अन्य बढेका कम्पनीहरूको शेयरमूल्य वृद्धि भने ६ प्रतिशतभन्दा कममा सीमित रह्यो।
उता, लगातार १२ कारोबार दिनसम्म सकारात्मक सर्किटमा कारोबार हुँदै आएको एभरेष्ट कलरको शेयरमा बुधबार सर्वाधिक गिरावट देखिएको छ। कम्पनीको शेयरमूल्य ९.०३ प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ५८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँ र खानीखोला हाइड्रोपावर कम्पनीको २७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये पाँच उपसमूहको परिसूचक बढ्दा आठ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूह सर्वाधिक १.६० प्रतिशतले बढेको छ भने जलविद्युत उपसमूह करिब ४.५ प्रतिशतले उकालो लागेको छ। यसबाहेक होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्यास अभावबीच स्वदेशी बिजुलीको खपत बढाउन कुलमानको सुझाव
-
नेप्सेमा सामान्य सुधार, ४.७९ अंकको वृद्धिसँगै कारोबार ४ अर्ब ४० करोड नाघ्यो
-
अपर अरुणमा सुरुङ निर्माणको औपचारिक सुरुआत, पहिलो ब्लास्टिङ सम्पन्न
-
दिब्यश्वरी हाइड्रोपावरको नाफा डेढ करोड नजिक, विद्युत् बिक्री आम्दानीमा उल्लेख्य सुधार
-
सुनको मूल्यमा एकैदिन ४ हजार २०० रुपैयाँको छलाङ, चाँदी पनि महँगियो
-
टेकुको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने तयारी