नेप्सेमा सामान्य सुधार, कारोबार घट्दा पनि जलविद्युत् समूह चम्कियो
जलसरोकार
काठमाडौं : साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य रूपमा उकालो लागेको छ।
आज नेप्से १४.२१ अंकले बढेर २९५० विन्दुमा पुगेको छ। बजार सूचक बढे पनि कारोबार रकम भने घटेको देखिएको छ। अघिल्लो कारोबार दिन १५ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार १३ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको हो।
आज कुल १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारमा सकारात्मक माहोल रहे पनि लगानीकर्तामा सतर्कता कायम रहेको संकेत गर्छ।
समूहगत परिसूचकतर्फ जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशतले बढेको छ। त्यस्तै उत्पादन तथा प्रशोधन समूह १.५० प्रतिशतले उकालो लाग्दा होटल तथा पर्यटन ०.८१ प्रतिशतले बढेको छ।
बैंकिङ समूह ०.३७, माइक्रोफाइनान्स ०.२०, फाइनान्स ०.१७, निर्जीवन बीमा ०.४३ तथा अन्य समूह ०.६५ प्रतिशतले बढेका छन्।
यसदिन व्यापार समूहमा २.८४ प्रतिशतले गिरावट आएको छ, जुन सबैभन्दा ठूलो गिरावट हो। जीवन बीमा समूह ०.०४ प्रतिशत र विकास बैंक समूह ०.०५ प्रतिशतले घटेका छन्।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनका लगानीकर्ताले उच्च लाभ कमाएका छन्।
त्यसैगरी नेसनल हाइड्रोपावर (६.२४%), रिडी पावर (६.१९%) र शुभम पावर (५.८०%) का शेयरमा पनि उल्लेख्य वृद्धि देखिएको छ।
गिरावटतर्फ पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ। सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट र विशाल बजारका लगानीकर्ताले पनि घाटा व्यहोरेका छन्।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल, नेसनल हाइड्रोपावर, रिडी पावर र ङादी ग्रुप अग्रस्थानमा रहेका छन्।
बजार परिसूचक बढे पनि कारोबार रकम घट्नुले लगानीकर्तामा अझै स्पष्ट दिशा नदेखिएको संकेत गर्छ। जलविद्युत् समूहमा आएको सुधारले बजारलाई टेवा दिएको छ भने अन्य क्षेत्रको मिश्रित प्रदर्शनले बजार अझै स्थिरता खोजिरहेको देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य