कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा
जलसरोकार
काठमाडौं : कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ले आइतबार उक्त प्रसारण लाइनको उद्घाटन गर्दै लाइन चार्ज गरेका हुन् ।
उद्घाटनपछि कार्यकारी निर्देशक शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन सफल भएको बताउँदै अब कर्णालीमा गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । “यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुनेछन्,” शाक्यले भने, “उद्योगधन्दाले सबैभन्दा बढी विद्युत खर्च गर्ने भएकाले प्राधिकरण आशावादी छ।”
कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको हो । यस लाइनले लामो समयदेखि देखिँदै आएको ओभरलोड, छिनछिनमा बत्ती जाने, तथा लो–भोल्टेज जस्ता समस्यामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।
प्राधिकरणका अनुसार नयाँ १३२ केभी लाइन सञ्चालनमा आएसँगै सुर्खेत र आसपासका क्षेत्रमा विद्युत आपूर्ति थप स्थिर, भरपर्दो र गुणस्तरीय हुने विश्वास गरिएको छ ।
कर्णालीको विद्युत राष्ट्रिय ग्रिडमा जोड्न सहयोग
प्राधिकरणले यस आयोजनाले कर्णाली क्षेत्रमा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गराउन पनि महत्वपूर्ण योगदान दिने जनाएको छ । यसबाट कर्णालीको ऊर्जा सम्भावनालाई थप प्रभावकारी रूपमा उपयोग गर्न सहयोग पुग्ने प्राधिकरणको भनाइ छ ।
कार्यकारी निर्देशक शाक्यले सुर्खेतस्थित स्वचालित सव–स्टेशनबाट सबै फिडरहरू आपूर्ति हुने भएपछि उपयुक्त समय मिलाएर निर्वाचनपछि थप औपचारिक उद्घाटन कार्यक्रम गर्ने जानकारी पनि दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा