खोलामा आएको बाढीले रेष्टुरेन्ट सहित घर र मन्दिर बगायो
जलसरोकार
म्याग्दी: बेनी नगरपालिका–४ सिङ्गा तातोपानीस्थित लेते खोलामा आज बिहान आएको बाढीले ठूलो क्षति पु-याएको छ ।
बाढीले प्रेम श्रीसको श्रीस होटल पूर्ण रूपमा पुरेको वडाअध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । साथै, स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र समेत बाढी पसेको छ ।
तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरमा समेत बाढी पसेको छ भने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक समेत अवरुद्ध भएको छ ।
घरभित्र रहेका स्थानीय बाढी आउन थालेपछि सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउन सफल भएका छन् ।
उद्धार तथा नियन्त्रणका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी डोजरसहित जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेको छ भने स्थानीयवासीले सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् ।
बाढी नियन्त्रणका लागि एक सय ३० थान ग्याबियन जाली लगाउने काम भइरहेको छ । तर, बुधबार साँझ लगेर राखिएको केही ग्याबियन जाली समेत बाढीले पुरेको खड्काले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स