बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध
जलसरोकार
म्याग्दी : असोजको वर्षासँगै आएको बाढीपहिरोले बाँधमा क्षति पुर्याएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।
ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको रेलेखर्कको फेदीमा रहेको बाँधमा बाढी पसेपछि असोज ८ देखि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको आयोजना प्रमुख दार्शनिक काफ्लेले जानकारी दिए । असोज ८ देखि ११ गतेसम्म परेको झरी र त्यसबाट आएको बाढीपहिरोले आयोजनाको उत्पादन ठप्प बनाएको हो ।
रेलेखर्क क्षेत्रमा पहिरो खसेपछि रेलेखोलामा बाढीको सतह बढेर बाँध क्षेत्रमा क्षति पुगेको छ । बाढीले बाँधका भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । भौगोलिक रूपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग पहिरोका कारण अवरुद्ध भएपछि बाढी पन्छाएर संरचनाको अवस्था बुझ्न र आयोजना पुनः सञ्चालन गर्न कठिनाइ भएको छ ।
विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले विद्युत् बिक्री गर्न पाएको छैन । गत वर्ष निर्माण सम्पन्न भएको यस आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको थियो ।
कालीगण्डकी नदीमा आएको बाढीपहिरोले प्रसारण लाइनका टावर बगाउनुका साथै तार चुँडाएर क्षति पुर्याएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजनाका संरचनासँगै विद्युत् प्रसारण पूर्वाधारमा समेत क्षति पुगेपछि विद्युत् उत्पादन र प्रसारण प्रभावित बनेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
-
जलविद्युत् बीमा क्षतिपूर्ति दिने माध्यम मात्र होइन, जोखिम घटाउने प्रणाली बन्नुपर्छ : रजौरिया
-
चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ
-
बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
-
प्रसारण लाइनका अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ आयोजना यसै वर्ष पूरा हुने
-
बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध