पूर्व ऊर्जाराज्यमन्त्री कान्छारामको सहित पाँच निर्माण कम्पनी कालोसूचीमा
जलसरोकार
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का कार्यमा सम्झौताअनुसार काम नगरेको भन्दै पाँच वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्ने कम्पनीमध्ये पूर्वऊर्जाराज्यमन्त्री तथा कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन पनि रहेको छ ।
कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार आयोजना, ललितपुर अन्तर्गत काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चोङचिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेसन समेत कालोसूचीमा परेको छ । चोङचिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेसन र कान्छाराम कन्स्ट्रक्सनलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको हो ।
त्यस्तै, खानेपानी संस्थान पोखरा अन्तर्गत काम गरिरहेको ड्रैगन कन्स्ट्रक्सन प्रालि पनि कारबाहीमा परेको छ । धनुषाका बैजनाथ यादव सञ्चालक रहेको उक्त कम्पनीलाई पनि एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
यसैगरी, उदयपुरको रौतामाई गाउँपालिकाको ठेक्का अन्तर्गत संयुक्त उपक्रम (जेभी) का रूपमा काम गरिरहेका धनुषाको सिङडन सप्लायर्स एण्ड कन्स्ट्रक्सन र सिन्धुपाल्चोकको विशाल निर्माण सेवा लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा परेका यी सबै कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको ठेक्का, परामर्श सेवा वा सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ ।
कार्यालयले सार्वजनिक खरिद प्रक्रियामा अनुशासन कायम गर्न र कामको गुणस्तर सुनिश्चित गर्न यस्ता कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता