एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे खोलामा ७ अर्ब ४३ करोड रुपैयाँकाे वित्तीय व्यवस्थापन
जलसरोकार
काठमाडौं : डायनामिक हाइड्रो इनर्जी प्रा.लि. ले प्रवद्र्धन गरेको लाप्चे तामाकोशी (४२ मेगावाट) र आशुतोष इनर्जीको चेपे खोला क्यास्केड (२ मेगावाट) मा सात अर्ब ४३ करोड रुपैयाँको वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंकको अगुवाईमा नबिल बैंक., नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंकले दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो ।
लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु. ७ अर्ब रहने जानकारी डायनामिक इनर्जीका अध्यक्ष मोहनविक्रम कार्कीले दिए । उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी. ५ अर्ब २५ करोड रुपैयाँ रहनेछ ।
यसैगरी एनएमबि बैंक लि.ले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंक लि.को तर्फबाट दिनेश दुलाल, चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग र डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. को तर्फबाट अध्यक्ष कार्कीले ऋण सम्झौता पत्रमा हिजो साँझ होटेल मेरियटमा आयोजिक एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गाेविन्द घिमिरे
एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । सोही कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत घिमिरेले एनएमबि बैंक लि.मा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष कार्कीले एनएमबि बैंक लि.सँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा उक्त परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।
एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।
कार्यक्रममा पूर्व मुख्य सचिव डा. विमल कोइरालाले नेपालको जलविद्युत् आयोजनामा सामाजिक तथा वातावरणीय जोखिमहरु सरकारले लिनुपर्ने, आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले ऋण मात्र नभई स्वपुँजी पनि लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनका अनुसार यसो गर्न सके नेपालमा धमाधम जलविद्युत् विकास हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित