एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे खोलामा ७ अर्ब ४३ करोड रुपैयाँकाे वित्तीय व्यवस्थापन

काठमाडौं : डायनामिक हाइड्रो इनर्जी प्रा.लि. ले प्रवद्र्धन गरेको लाप्चे तामाकोशी (४२ मेगावाट) र आशुतोष इनर्जीको चेपे खोला क्यास्केड (२ मेगावाट) मा सात अर्ब ४३ करोड रुपैयाँको वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंकको अगुवाईमा नबिल बैंक., नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंकले दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो ।
लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु. ७ अर्ब रहने जानकारी डायनामिक इनर्जीका अध्यक्ष मोहनविक्रम कार्कीले दिए । उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी. ५ अर्ब २५ करोड रुपैयाँ रहनेछ ।
यसैगरी एनएमबि बैंक लि.ले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंक लि.को तर्फबाट दिनेश दुलाल, चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग र डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. को तर्फबाट अध्यक्ष कार्कीले ऋण सम्झौता पत्रमा हिजो साँझ होटेल मेरियटमा आयोजिक एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गाेविन्द घिमिरे
एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । सोही कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत घिमिरेले एनएमबि बैंक लि.मा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष कार्कीले एनएमबि बैंक लि.सँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा उक्त परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।
एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।
कार्यक्रममा पूर्व मुख्य सचिव डा. विमल कोइरालाले नेपालको जलविद्युत् आयोजनामा सामाजिक तथा वातावरणीय जोखिमहरु सरकारले लिनुपर्ने, आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले ऋण मात्र नभई स्वपुँजी पनि लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनका अनुसार यसो गर्न सके नेपालमा धमाधम जलविद्युत् विकास हुनेछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच