मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको अर्धजलाशययुक्त जलविद्युत्का लागि आर्थिक लगानी सुरक्षित
जलसरोकार
काठमाडौं: मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि आर्थिक लगानी सुरक्षित भएको छ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको रैनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा एमए विद्युत आयोजना निर्माण हुनेछ ।
उक्त आयोजनाका लागि कुमारी बैंकको नेतृत्वमा विभिन्न बैंकले आयोजनामा कुल १५ अर्ब १८७५ करोड रुपैयाँ लगानी गर्न सहमत भएका छन् ।
कुमारी बैंक, सहवित्तीयमा सहभागी अन्य सदस्य बैंक र विकासकर्ता कम्पनीबीच लगानी सम्झौता भएको छ ।
कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकका प्रतिनिधिको उपस्थितिमा एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसायी क्षितिज खड्काबीच ऋण सम्झौता भएको हो ।
इक्विटी लगानीमा अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको लगानी आउनेछ । यसका साथै डोल्मा इम्प्याक्ट फण्डले कम्पनीको संस्थापक सेयरमा ४९ प्रतिशतसम्म इक्विटी लगानी गरेको छ । सोही समूह अहिले सेतीखोला हाइड्रोपावरमार्फत २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ ।
नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) अक्टोबर १८, २०२३ मा हस्ताक्षर भएको थियो । व्यावसायिक विद्युत उत्पादन सुरु गर्न आवश्यक व्यावसायिक सञ्चालन मिति (आरसीओडी) मे ५, २०२९ तोकिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सम्बन्धित निकायमा स्वीकृत गर्ने अन्तिम चरणमा छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको मार्किचोक २२०/१३२ केभी सबस्टेसनमा ११ दशमलव ६ किलोमिटर लामो २२० केभी सिंगल सर्किट ट्रान्समिसन लाइनमार्फत पठाइने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा